×

काठमाडौं, वैशाख २५ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ८२ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ७८५ पुगेको हो । भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् । ३५ हजार ८७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

Back to top