×

वीरगञ्ज, बैशाख २२ – अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ वीरगंज महानगर समितिले आज वीरगञ्जमा आयाेजना गरेकाे आकस्मिक रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगञ्जमा भएकाे कार्यक्रममा राजिव दुवे, मनिष गुप्ता, शुसिल ठाकुर, बिशाल यादव, राजिन्द्र चाैधरी, राेहित शर्मा, बलिराम पटेल, सुरेन्द्र कुमार पटेल, सागरमान सिंह, श्याक कुमार सरार्फ, युवराज प्रसाद पटेल, छठु चाैधरी लगायतकाले रक्तदान गरेका हुन् ।

महासंघ वीरगञ्ज महानगर अध्यक्ष करन पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा प्रदेश २ का सदस्य बाबुराम काैशिक, महासंघका केन्द्रिय सचिव सुभाष गुप्ता, केन्द्रिय सदस्य अलि अकबर हुसेन, युवा संघ पर्साका सह संयाेजक ओमप्रकाश गुप्ता, विदयार्थी नेता इशक कुमार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण महामारीकाे बेला रक्तकाे अभाव हुन नदिन लकडाउन मै आकस्मिक रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे महासंघले जनाएकाे छ ।

Back to top