चिरञ्जीवी यादव,बीरगन्ज २२ बैशाख । पर्साको पर्सागढी नगरपालिकामा आज एक पुरुषको शव फेला परेको छ । सो नगरपालिकाको वडा नं. २ मेघा खोलामा ५० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
प्रहरी चौकी मनवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोली घटनास्थलमा पुगेको छ । पुरुष को हुन् र घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । शवको पहिचान न खुलेको र शवलाइ परिक्षणको लागि नरायणी अस्पता बीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।