×

वीरगन्ज २२ बैशाख । कोरोना संक्रमणको जोखिम न्युन राख्न सरकारले आह्वान गरेको बन्दाबन्दीको ४२ दिन आज पुरा हुँदा पनि लकडाउन दुरुस्त हुन सकेको छैन ।

वीरगन्जको बाहिरी तथा मुख्य सडकखण्डमा मानिसको चहलपहल न्युन भएपनि भित्री सडकखण्डहरुमा भने चहलपहल अझै जारी छ । मुख्य सडकहरुमा सिमित प्रशासनको निगरानीलाई भित्री क्षेत्रहरुमा पनि बिस्तार गर्न आवश्यक छ ।

लकडाउनका बेला पासधारी गाडीहरुको पनि ओहोरदोहोर व्यापक छ । उता लकडाउनका कारण लगभग सबै पेशा व्यवसायहरु हल अनलाईन नै भईरहेका छन् ।

तर, आन्दोलन अझै उही पुरानो पारामा चल्दैछ । कोरोनाको सन्त्रास र लकडाउनलाई पनि केही व्यक्तिहरुले राजनितीकरण गर्दैछन् । लकडाउनका बेला घरमै रहेर अन्य सबैलाई पनि घरमै रहन सन्देश प्रवाह गर्नुपर्ने समयमा नेता आफै सडकमा ओर्लीएर आन्दोलन गर्न व्यस्त छन् ।

Back to top