वीरगञ्ज बैशाख २२ - प्रदेश नं. २ को वीरगञ्जस्थित मिनिल्याण्ड उच्च माध्यमिक विद्यालयका निर्देशक लालबाबु प्रसाद कुर्मीको पहलमा लकडाउनका कारण मार्कामा परेका गरिव र विपन्न वर्गका व्यक्तिलाई नि:शुल्क भोजन शिविर सुरु भएको छ ।
वरिष्ठ समाजसेवी र शिक्षा विध समेत रहेका कुर्मीले विगत ५-६ दिन देखि लकडाउनका कारण आफ्नो छाक टार्न समस्यामा परेका सयौं परिवारहरुलाई व्यक्तिगत खर्चमा नि:शुल्क भोजना गराएका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित आफ्नै विद्यालय भवनमा कुर्मीले केहि साथि र स्थानीय परोपकारी व्यक्तिहरुसँगको सहकार्यमा भोजन शिविर सुरु गरेको विद्यालयका सुरज बाबु पटेलले जनाए ।
पटेलले लकडाउन अवधिभर यसरि नै शिविर सञ्चालन गरिने बताउँदै जोकोहीले पनि यहाँ आएर नि:शुल्क भोजन खान सक्ने जानाअरि दिए । उनले प्रत्येक दिन बिहान ९ बजे देखि ११ बजे सम्म र राति ७ बजे देखि ८ बजे सम्म शिविर चलिरहेको बताए ।
स्थानीय समाजसेवी प्रदिप ठाकुर र शम्भु पटेलको सहयोगले शिविर सुरु भएको हो । शिविरको स्थानीयहरुले प्रशंसा गरेका छन् ।