बीरगन्ज २२ बैशाख । लकडाउनको मौका छोपी दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका तीनवटा उद्योगका सञ्चालकसहित छजनालाई धरौटीमा छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा पक्राउ परेकाहरु ६३ लाख ८२ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका तीनवटा उद्योगका सञ्चालकलाई बैशाख १४ मा प्रहरीले पक्राउ गरेको थियो।
महावीर ओभरसिज प्रालि परवानीपुर–४ लिपनीमाल, बाराका सञ्चालक वीरगंज महानगरपालिका–१० का मुक्तिकुमार अग्रवाल २१ लाख ६५ हजार, उद्योगका प्रतिनिधि धनुषाको मुखियापट्टी मुसहरमनिया गाउँपालिका–४ का सन्तोषकुमार झाले एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएका छन्।
नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज परवानीपुर–४ चैनपुर बारा सञ्चालक वीरगंज महानगरपालिका–६ का मोहनलाल अग्रवालले १८ लाख ५० हजार धरौटी बुझाएका छन्। यस्तै, उनको उद्योगका प्रतिनिधि भारतीय नागरिक सुनिल शर्माले एक लाख ५० हजार बुझाएका छन्।
त्यस्तै श्री कृष्ण आधुनिक दाल उद्योग छाता पिपरा–९ बाराका सञ्चालक वीरगंज महानगरपालिका–६ का पवनकुमार साहले १९ लाख १७ हजार, उद्योगका प्रतिनिधि भारतीय नागरिक सुरेश प्रसादले एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएका छन्।
५८ रुपैया खरिद मूल्य रहेको दालाको बिक्री मूल्य ८८ रुपैया कामय गरिएको छ । तर उद्योगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको आरोप प्रशासनको रहेको थियो ।
यता शनिबार बारा प्रहरीले दालको कालोबजारी गरेको आरोपमा अभियोगमा मुक्ती अग्रवाललाई शनिबार बेलुका वीरगन्जको लाठगल्लीमा रहेको उनको घरबाट पक्राउ गरेर गरेको थियो ।
प्रहरी खोजी सूचीमा रहेका महावीर दाल उद्योगका संचालक भिखमचन्द अग्रवाल फेला नपरेपछि अर्का संचालक उनका छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । दालको कालोबजारी गरेको आरोपमा मुक्तीलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताएका थिए ।