वीरगंज २२ बैशाख । नारायणी अस्पताल वीरगंजबाट कोरोना मुक्त भई गत वैशाख १४ गते आइतवारका दिन डिस्चार्ज गरिएको भारतीय जमातीमध्ये एक जनालाई पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
डिस्चार्ज गरी ७ दिनभित्र संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट सन्देहपूर्ण देखिएपछि अस्पताल प्रशासनले प्रशासन लगाएर उनलाई वीरगंज बडा नम्बर २ छपकैयामा रहेको तीन तल्ले भवनबाट उनलाई आइतवार दिउँसो १ बजे अस्पतालमा ल्याएर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।
यसअघि हेटौडा ल्याबको लागातार २ वटा रिपोर्ट नेगेटिभ आएपछि भारत दिल्लीका १ र उत्तर प्रदेशका २ जना गरी ३ जना भारतीयमा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरु मध्ये उत्तरप्रदेशका ४७ वर्षीय पुरुषमा फेरि कोरोनाको अशंकामा भर्ना गरिएको हो। डिस्चार्ज भएपछि नेपाल राष्ट्रिय मुस्लिम आयोगको निगरानीमा छपकैयाको तीन तल्ले भवनमा राखिएको हो।