×

वीरगन्ज २१ बैशाख । बारा प्रहरीले दालको कालोबजारी गरेको आरोपमा वीरगन्जका थप एकजना उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले दालको कालोबजारी गरेको अभियोगमा मुक्ती अग्रवाललाई शनिबार बेलुका वीरगन्जको लाठगल्लीमा रहेको उनको घरबाट पक्राउ गरेर लगेको हो ।

प्रहरी खोजी सूचीमा रहेका महावीर दाल उद्योगका संचालक भिखमचन्द अग्रवाल फेला नपरेपछि अर्का संचालक उनका छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । दालको कालोबजारी गरेको आरोपमा मुक्तीलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

बारा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अग्रवालसंग प्रहरीले बयान लिँदै छ । बारा प्रहरीले अग्रवालसँग आजै बयान लिएर मुद्दा प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने श्रोतले जनाएको छ ।

श्रोत अनुसार पक्राउ परेको उद्योगिलाई छुटाउँन करोडौको चलखेल भईरहेको छ । मुक्ती अग्रवाल र पवन साह नेपालकै सबभन्दा ठूला मरिच, छोकडा र केराउ तस्कर रहेका छन् ।

पाकिस्तान र अन्य तेश्रो मुलुकबाट नेपालको लागि छोकडा, मरिच र केराउ आयात गरेर स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा भारतमा तस्करी गराउँने गरेको श्रोतले जनाएको छ ।

Back to top