वीरगन्ज २१ बैशाख । आईतबार नेपालमा थप एकजनामा कोरोना भाईरस संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा न ३ छपकैयाका ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जनाएका छन् ।
यस खबरको चिकित्सक डा. निरज सिंहले पनि पुष्टि गरे । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ६० पुगेको छ । थप विवरण आउन बाँकी ।