वीरगंज २० बैशाख । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीले नेपाल सरकारको निति निर्देशन अनुसार अस्पतालले सेवा प्रवाह गरिरहेको बताउनुभएको छ ।
वीरगंजका एक स्थानिय एफ.एमसंग कुरा गर्दै प्रबन्धक अंसारीले बिरामीलाई मर्का नपर्ने गरी आफु स्वयं उपस्थित भएर काम गरिरहेको बताउनुभयो । उहाले बिरामीको उपचार संगै कोरोना महामारी नियन्त्रणमा अस्पतालले कुनै कसर नछोडेको दावी गर्नुभयो ।
उहाँले नारायणी अस्पतालको बिरामीलाई नेपाल सरकारकै शुल्कमा उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो । संचार माध्यममा आएको जस्तै अस्पतालको लापरवाहीले कोई पनि बिरामी नमरेको उनको दावी थियो ।
नेकपा नेता समेत रहेका प्रबन्धक अंसारीले थोरै डाईलोसिस मेसिनबाट धेरै जना बिरामीको उपचार गर्नुपर्ने बाध्यता भएकोले समस्या भएको बताउनुभयो । उहाँले अहिले पनि ९५ जना बिरामीहरु लाईनमा बसेको बताउनुभयो । बिरामीको चापले गर्दा डाईलोसिस गर्न समस्या भएको उहाँको कथन थियो ।
कारोना अस्पताल शहर भन्दा बहिर बनाउन उपयुक्त हुने बताउदै तत्काल छुटै कोभिड अस्पताल बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नेशनल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाए अन्य बिरामीलाई उपचार गर्न निकै समस्या हुने बताउनुभयो ।उहाँले महामारीलाई नियन्त्रण गर्ने क्षमता नेशनल मेडिकल संग मात्र रहेकोले त्यसबारे नेपाल सरकार संग सम्झौता पनि भइसकेको बताउनुभयो ।
एक हजार पचास बेड क्षमताको अस्पतालमा डाक्टर नहुनु हास्यपद कुरा भएको जिकिर गर्नुभयो । नेशनल मेडिकल कलेजले सेवा प्रदानमा कुनै कमीकमजोरी नगरेको दावी गर्नुभयो । काम गर्ने क्रममा केहि त्रुटि हुनु स्वभाविक भएको बताउदै मेडिकलबारे अनावश्यक भ्रम सृजना गर्ने काम मात्र भएको आरोप लगाउनुभयो ।
उहाँले नेपाल सरकारबाट प्रदान हुने सेवा सुबिधा नेपाली नागरिकको लागि मात्र भएको बताउदै गैर नेपालीलाई सरकारबाट पाउने सुबिधा अस्पतालबाट नपाएको र उनीहरुलेनै भ्रम फैलाएको आरोप लगाउनुभयो ।
पिपिई र किट अभावको वाउजुद पनि अस्पतालले बिरामीको उचपारमा कुनै कसर नछोडेको बताउनुभयो । नेपालीले कोरोना भाईरसलाई जिति सकेको प्रबन्धक बसरुदिन अंसारीले दावि गर्नुभयो । उहाँले नेपाली बोर्डर र अन्तराष्ट्रिय उडान अझ केहि महिना रोक्न सके कोरोना भाईरसबाट पुर्णरुपबाट बच्न सकिने बताउनुभयो ।
उहाँले बोर्डर खुल्ला हुने बितिकै नेपालमा धेरै असर पर्ने र सवभन्दा बढि वीरगंजलाई नोक्सान हुने बताउनुभयो । अंसारीले कम्तिमा एक महिना सम्म सिमा क्षेत्रमा कडाई र छिमेकि मुलकबाट आफन्त नल्याए नेपालीहरु कोरोनाबाट सुरक्षित हुने दावी गर्नुभयो ।
नेपाल सरकार नेपाली जनता प्रति संवेदनशिल भएको दावी गर्नुभयो । कारोनाबाट नेपालीको मृत्यु नहुनु आफैमा गर्वको बिषय भन्दै सचेत भईदिन अनुरोध गर्नुभयो । स्वास्थ्य प्रति सजकको कारण मौसम परिवर्तन हुने महिनामा पनि नेपालीहरु बिरामी नहुनु सुखद भएको बताउनुभयो ।
राहत बितरणमा ईमन्दारिता नभएको कारण समस्या भएको बताउनुभयो । उहाँले हुनेखानेले पनि राहत लिन आएको देखेर अच्चमित भएको बताए । राहत बितरणको नाममा हुल नै ओर्लिने भएकोले समस्या भएको बताउनुभयाो । नेता अंसारीले नेपाल सरकार कोरोना भाइरसलाई नियन्त्रण गर्न गरेको कार्यको प्रशंसा गर्नुभयो । नेशनल मेडिकल कलेजले लकडाउनलाई मध्यनजर राख्दै प्रबन्ध निर्देशक बसरुदिन अंसारीले २ हजार घरपरिवारलाई राहतसामाग्री समेत वितरण गरेका छन ।
उहाँले सवै नेपाली एकजुट भएर कोरोना भाइरसलाई पराजित गर्न आग्रह गर्नुभयो । नेपाल सरकारले जारी गरेको लक डाउनको पालना र स्वास्थ्य र सुरक्षित खानपिनमा ध्यान दिए कोरोना भाईरसलाई सजिलै पराजित गर्न सकिने धारणा राख्नुभयो ।