वीरगञ्ज, बैशाख २० - ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ ।
कोभिड -१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग, कलकारखाना, यातायात, व्यवसाय, कृषि, पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ ।
वीरगञ्जमा पनि कोरोना भाईरसको संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढदै गैइरहेको बेला पनि वीरगञ्जमा सरसफाईको काम भने रुकेको छैन ।
हरेक दिन आफ्नो ज्यानलाई जोखिममा राख्दै वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मिहरु दिन रात लागी रहेकोले त्यस्ता सरसफाई कर्मीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहनका लागी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले शनिबार उनिहरुलाई सम्मान गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भएको थियो ।