×

जितपुर, बैशाख १९ – कोरोनाभाइरस अर्थात कोभिड १९ को संक्रमण रोकथाम गर्न बारामा बनाईएको क्वारेन्टाइनमा १ सय ९७ र ७ जनालाई आईसोलेसनमा रखिएको छ ।

कोभिड १९ को महामारी रोकथाम गर्न नेपाल सरकारले लगाएको लकडाउनको ३९ औ दिन बिहिवार सम्म बाराको विभिन्न स्थानीय तहमा बनाईएको क्वारेन्टाइनमा शंकास्पद १ सय ९७ जनालाई कोभिड १९ को लक्षणहरु चेकजाँचको लागि राखिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ स्थित कोभिड १९ को संक्रमित फेला परेसँगै ४३ बर्षिय पुरुषसँगको सम्पर्कमा आएको ५ जना र सिमरौनगढ नगरपालिका घर भैइ जितपुरसिमरा उपमहानगरपालिका स्थित मस्जिदमा बसदै आएको ३१ बर्षिय पुरुषको सम्पर्कमा आएको २ जनालाई जितपुरसिमरा उपमहानगरपालिकामा बनाईएको आईसोलेसनमा राखीएकोप्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

बारामा २ संक्रमित भेटेपछी बाराबासिमा त्रास फैलिरहेको अवस्था लकडाउनमा समेत कडाई गरिएको छ । बारामा लकडाउनको ३९ औ दिनसम्म लकडाउनको अवज्ञा गर्ने ६ जना मानिस र २६ वटा सवारीसाधनलाई कार्वाही गरिएको मिश्रले बताए ।

Back to top