वीरगंज १८ बैशाख । वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले आज अधिकार प्राप्त छानबिन समिति गठन गरि तिन दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।
विश्वव्यापि रुपमा फैलिएको कारोना भाईरस महामारीका कारण प्रभाबित बनेका गरिब र बिपन्न परिवारलाई बितरण गरिएको राहत सामग्री गुणस्तरहिन रहेको गुनासो आउन थालेपछि उनले यसको छानबिन गर्न वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण महतो संयोजक रहेको तिन सदसीय छानबिन समिति गठन गर्नुभएको हो । जसमा सुमन श्रेष्ठ र हरीशंकर प्रसाद कुर्मी रहनु भएको छ ।
हिजो वडा नम्बर १४ का अध्यक्ष भरत कुर्मीले वितरण गर्नुभएको राहत सामग्रीमा डल्लो परेको र कुहिएको चामल फेला परेको भन्दै गुनासो आएपछि महानगर प्रमुख सरावगी एक्सनमा उत्रिएका हुन् ।
बदनियतपुर्ण ढंगबाट महामारीको चुनौती समाना गरिरहेको महानगर नेतृत्वलाई बदनाम गर्न खोजिएको आशंकामा प्रमुख सरावगी एक्सनमा उत्रिएका हुन् ।