×

वीरगञ्ज, बैशाख ९ – लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटिले वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार बसेको क्लबको बैठकले राहुल राज सर्राफ (विकास) को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव नियुक्त अध्यक्ष सर्राफको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको निवर्तमान अध्यक्ष प्रकाश गुप्ता, निवर्तमान उपाध्यक्ष रोहित कुशवाह, सचिवमा विवेक बरनावाल, सहसचिवमा एमडी साजिद आलम, कोषाध्यक्षमा विवेक कुमार कर्ण, प्रथम अध्यक्षमा रोमित सिंह, वरिष्ठ लियोमा हिमांशु बरनावाल र शशिकान्त सर्राफ रहेका छन् ।

क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयनका लागि बैठक लकडाउन पछि बस्ने नव नियुक्त अध्यक्ष सर्राफले बताए।

नव नियुक्त क्लबका अध्यक्ष सर्राफले वीरगञ्ज र आसपासका क्षेत्रको विकास र पछाडी परेको वर्गलाई लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटिले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफुलाई सानै देखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

Back to top