×

वीरगञ्ज, बैशाख १७ - बुधबार कोरोना संक्रमण पुष्टि भएका पर्सा र बाराका तीनजना मध्ये बाराका दुईजना भारतको राजधानी दिल्लीमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएको पाइएको छ।

कारोनाको संक्रमण पोजेटिभ देखिएका तीनजना मध्ये बाराका दुई जना भारतमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएको समाजिक बिकाश मन्त्रालय प्रदेश नम्बर २ का सचिव राम प्रसाद घिमिरेले जानकारी दिए।

बुधबार कोरोनाको संक्रमण पोजेटिभ देखिएका तीनजना पुरुषहरुमध्ये बाराका दुवै पुरुषहरु भारतमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर गत फागुन २८ गते नेपाल फर्किएको घिमिरेले बताए।

भारतबाट फर्किएर उनीहरु बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १९ इनर्वा सिराको मस्जिदमा बस्दै आएका ३१ बर्ष र ४३ बर्षका पुरुषमा कारोनो संक्रमण पोजेटिभ देखिएको हो । उनीहरु मध्ये एक जना जितपुर सिमराकै हुन भने अर्का एक जना सिम्रौनगढ नगरपालिका निवासी हुन् ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कारोना पोजेटिभ पाइएको छ । उनी भने यसअघि कारोना भाईरसको संक्रमण पोजेटिभ पाइएका वीरगञ्जका दुई ब्यक्तिको सम्पर्कमा आएको ब्यक्ति भएको घिमिरेले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सँक्रमित तीनैजनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको उनले बताए । संक्रमित तीनैजनाको थ्रोट स्वाब गत आईतबार सँकलन गरि परिक्षणका लागि काठमाडौंको टेकु अस्पतालमा पठाइएको थियो ।

नारायणी अस्पतालमा अब कारोनाले सँक्रमित भएर उपचार गराई रहेकाहरुको संख्या ८ पुगेको छ । यसमध्ये पर्साका तीन, बाराका दुई, रौतहटका दुई र सर्लाहीका एक जना बालक रहेका छन् ।

Back to top