×

वीरगञ्ज, बैशाख १७ - वीरगञ्जमा कुनै नयाँ संक्रमित नभेटिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताएका छन् । मेयर सरावगीले केहि गडबडीका काराण नयाँ संक्रमित वीरगञ्ज महानगरपालिकाका कर्मचारी नभएको खबर आएपनि त्यस्तो केहि नभएको बताए ।

यात्रा डेलीसँग फोनमा कुरा गर्दै मेयर सरावगीले नयाँ भेटिएका संक्रमितबारे आफुलाई कुनै जानकारी नआएको बताए । 'नयाँ संक्रमित भेटीए नभेटिएको मलाई कुनै जानकारी आएको छैन, माथि नै केहि कन्फ्युजनका कारण यस्तो हल्ला चलेको छ,' मेयर सरावगीले भने, 'र उनि महानगरपालिका कर्मचारी त् पक्कै हैनन् ।'

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगञ्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगञ्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगञ्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन् ।

Back to top