वीरगञ्ज, बैशाख १७ - वीरगञ्जमा थप ३ व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपनि आधिकारिक घोषणा भने भएको छैन ।
नारायणी अस्पतालमा कार्यरत एक डाक्टर अनुसार छपकैया-३ मा कोरोना पोजेटिभ भेटिका वीरगञ्ज महानगरपालिकामा कार्यरत सफाई कर्मचारी (नाइके) को कन्ट्याक्ट ट्रेसिंग गर्ने क्रममा थप ३ व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । उनले केहि बेरमा स्वास्थ्य मन्त्रालयले आधिकारी घोषणा गर्ने समेत बताए ।
उनका अनुसार नयाँ थपिएका ३ संक्रमित पनि तब्लिकी जमातमा सहभागी भएको हुनसक्ने आशंका रहेको छ । संक्रमित ३ नै जनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याएर भर्ना गर्ने तैयार भइरहेको अस्पतालको श्रोतले जनाएको छ ।
नयाँ कोरोना संक्रमितहरुमा वीरगञ्ज महानगरपालिका छपकैया-२ का एक जना र जितपुरसिमरा उप-महानगरपालिका - ११ का २ जना रहेको प्रारम्भिक जानकारी अनुसार खुलेको छ ।
थप विवरण आउन बाकि ।