वीरगन्ज १७ बैशाख । वीरगन्जको माईस्थानबाट एक किनारा व्यवसायीलाई दिउसो पक्राउ गरि राती छाडीएको छ । वीरगन्जको माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई प्रहरीले दिउसो पक्राउ गरेको थियो ।
आफ्नो पसल अगाडी उभिरहेको अवस्थामा चौरसियालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरु बताउछन तर पर्सा प्रहरीले भने यसको पुष्टी गरेको थिएन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी विरेन्द्र बहादुर शाहीसंग पक्राउबारे बुझदा आफूलाई यस बारे केहि जानकारी नभए बताएका थिए ।
श्रोतका अनुसार पर्सा क्राईम ब्रान्चका इन्सपेक्टर रवि भुषण यादवको टिमले आफ्नो नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्तामा राखेका थिए चौरसिया माथि प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको बुझिएको थियो यता राती नै गुटखा कारोबारी चौरसियाको घर खानतलासी गरिएको प्रत्यक्षदर्शीहरु बताए खानतलासी पछि मालपानीमा कुरा मिले पछि चौरसियालाई प्रहरीको नियणत्रबाट राति नै मुक्त गरिएको बुझिएको छ !
चौरसिया रंजनीगंधाको नामक गुटखाका विक्रेता हुन । अहिले ४५ रुपैया पर्ने रंजनीगंधा बजारमा लुकीछिपी ९० देखि १०० सय रुपैयामा विक्री वितरण हुँदै आएको र यसको सप्लाई चौरसियाले नै गर्दै आएको बुझिएको छ ।