×

वीरगञ्ज, बैशाख १७ - साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थानले आज पनि सेनिटाइज कार्य जारी राखेकाे छ । काेराेना भाइरस संक्रमणबाट वीरगञ्जसीलाई बचाउन संस्थाद्वारा वीरगञ्ज महानगरपालिकामा भइरहेकाे सनिटाइज जारी रहेकाे साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वताउनुभयाे।

वीरगञ्ज स्थित रहेकाे जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक कार्यालय, ईनर्वा प्रहरी चौंकी लगायत वडा नं ८ र वडा नं ६ मा मंगलबार सेनिटाइज गरिएकाे अध्यक्ष सिंहले वताउनुभयाे।

यस अघि पनि जिल्ला प्रहरी कार्यालय, ईनर्वा प्रहरी चौंकी, सशस्त्र सिमा सुरक्षा बेस क्याम्प भंसार, वडा नं ३, वडा नं ९ को रानीघाट, वडा नं २४ को रामगढवा र बहुअरीमा सेनिटाइज गरि सकिएकाे संस्थाले जनाएकाे छ ।

संस्थाले एउटा गाडी मार्फत गराइरहेकाे सेनिटाइज साेमबार देखी ३ वटा गाडी मार्फत गराउन थालेकाे छ । ना. २ च ९७२८ , ना. ४ च ९३४२, र ना. १ च ९५१९ नम्बरकाे गाडी मार्फत सेनिटाइज गर्ने कार्य भइरहेकाे संस्थाले जनाएकाे छ ।

यस्तै संस्थाले ३१ औं दिन पनि वीरगञ्जका रिक्सा चालक र निमुखा बालबालिकालाई नि:शुल्क खाना वितरण गरेकाे छ । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा बेसहारा भएकाहरुलाई साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थानले नि:शुल्क रुपमा खाना वितरण गर्दै आएकाे छ ।

संस्थाका सदस्यहरू राजेश सिंह, रूपेश मान सिंह, जय प्रकाश महतो, सलाउद्दीन मंसूरी, लियाकत अली, अफरोज आलम, राहुल तुल्स्यान, जियाउल हक, कलाम मंसूर, चुन्नु मिश्रा लगायतको सहयाेग र सहभागितामा सेनिटाइज तथा खाना वितरण भइरहेकाे संस्थाले जनाएकाे छ ।

Back to top