वीरगञ्ज बैशाख १४ - वीरगञ्ज महानगर पालिकामा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई ५० वर्षिय पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका वडा नम्बर २ र ३ का दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ५० वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकाको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन उनलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ । अर्का वीरगञ्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुष हुन उनलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ ।
पर्सा जिल्लाका सहायक प्रजिअ ललित बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ । जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको देखियो ।
यता वीरगञ्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो । ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार चलिरहेको थियो ।
चितवन भरतपुरस्थित क्यान्सर अस्पतालबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले वीरगञ्जका तराई हस्पिटल लगिएको थियो उनमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ देखियो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका डक्टरहरुको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार राती तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए ।
युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले भने ।