वीरगञ्ज, बैशाख १२ - जनता समाजवादी पार्टि सम्बद्ध विद्यार्थी राष्ट्रिय विद्यार्थी संघले वीरगञ्जमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।
लकडाउनका कारण प्रभावित भएका तथा अलपत्र परेकाहरुको उद्धारमा लाग्न संघले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
समाजमा रहेका विपन्न तथा गरिब परिवाहरुलाई खानाको समस्या भईरहेका कारण राहत बाँड्नमा ढिलाई नगर्न सरकारलाई आग्रह गरेको छ । हचुवाका भरमा भईरहेको राहत वितरणलाई थप प्रभावकारी बनाउँदै विपन्न तथा प्रभावित वर्गलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।
यस्तै अध्ययन तथा कामको क्रममा विदेशमा रहेका नेपालीहरु लकडाउनका कारण अलपत्र परेकाले यथाशिघ्र उद्धारको व्यवस्थामा जुट्न सरकारलाई आग्रह गरेका हो ।
सामाजिक दुरी कायम गर्दै विद्यार्थी संघका पर्सा अध्यक्ष मधुसुधन चौरसियाको नेतृत्वमा भएको प्रदर्शनमा उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेता प्रभाकर मोदि, प्रभात चौरसिया, आयुष ठाकुर लागयतकाको सहभागिता रहेको थियो ।
शनिबार वीरगञ्जमा गरिएको प्रदर्शनका क्रममा अलपत्र तथा प्रभावित भएकाहरुको राहत तथा उद्धारमा लाग्नुको सट्टा भ्रष्टाचारमा फस्दै गएको भन्दै सरकारको आलोचना समेत गरे ।