वीरगञ्ज, बैशाख ११ - पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले दुबै मधेसी दल एक भएकोमा कार्यकर्ताहरुलाई खुसीयाली मनाउन आग्रह गरेका छन् ।
उनले पार्टी फुटाउने मधेस बिरोधी शक्तिहरु जति षडयन्त्र गरेता पनि अन्ततोगत्वा त्यो शक्तिलाई परास्त गर्न मधेसी नेताहरु सफल भएकोमा बधाइ समेत दिएका छन् ।
सांसद् यादवले आफु अहिले राजधानीमा रहेको बताउदै सक्दो छिटै वीरगञ्ज पुगी जन सेवामा जुटने बताउनु भयो ।
मधेस र मधेसीको चाहना अनुसार दुबै दलको एकताले मधेसमा नया जोसको संचर हुने आशा समते सांसद यदवले व्यक्त गरेका थिए ।