×

वीरगञ्ज, बैशाख ११ - जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिले नारायणी अस्पताललाई पुन: जेनरल अस्पताल बनाउन माग गरेको छ ।

कोरोनाभाइरसका ३ संक्रमित वीरगञ्जबाट र एक संक्रमित रौतहटबाट आए पछि नारायणी अस्पताललाई कोरोनाको विशष अस्पताल बनाईएको थियो । नारायणीलाई विशेष अस्पताल बनाए पश्चात एमेअर्जेन्सि लगयात सम्पूर्ण ओपिडी सेवा समेत बन्द गरिएको थियो ।

तर वीरगञ्ज महानगरपालिका कार्यालयले केहि दिन अगाडि नेकपाका वीरगञ्ज महानगर कमिटि अध्यक्ष समेत रहेका रहबर अन्सारीद्वारा संचालित गण्डक अस्पताललाई ५० सैयाको कोरोनाको विशेष अस्पताल बनाउने सहमति गरेको थियो । गण्डकलाई कोरोनाको विशेष अस्पताल बनाए पछि स्थानीयहरुले नारायणी अस्पतालमा रहेका संक्रमितहरुलाई गण्डकमा सिफ्ट गरेर नारायणीलाई पुन: आम जनताको अस्पताल बनाउनु पर्ने माग गर्दै आएका छन् ।

यसैक्रममा जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिले नारायणीलाई पुन: जेनरल अस्पताल बनाउन माग गर्दै बिहिबार प्रदर्शन समेत गरेको छ । पार्टीका नेता राजेशमान सिंहको नेतृत्वमा भएको विरोध कार्यक्रममा सामाजिक दुरीको नियमलाई पालना गर्दै प्लाकार्ड सहित शानितपूर्ण प्रदर्शन गरिएको थियो ।

विरोध कार्यक्रममा लियाकत अली, वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, बोर्ड सदस्य बरकतुल नेसा, नेताहरू खैरूद्दीन मियाँ, कलाम मियाँ ठकुराई , ग्याँसुद्दीन मियाँ, इस्लाम मंसूरी, सलाउद्दीन मंसूरी, नुरेनवी ठकुराई, अफरोज अालम, युवा नेताहरू एकलाख हुसेन, सईम अंसारी, जबार मंसूरी, नवरत्न श्रीवास्तव, जियाउल हक, उमेश गुप्ता, उमेश मानन्धर, एजाजुल हवारी, कलाम मंसूरलगायतको रहभागिता रहेको थियोे ।

Back to top