×

वीरगञ्ज, बैशाख ६ – साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले शनिबार वीरगञ्जस्थित सिद्दार्थ माध्यमिक विद्यालय र कलवार कल्याण धर्मशालामा रहेको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई खाना र नास्ता वितरण गरेको छ ।

संस्थाले दुवै स्थानका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाना र नास्ताको वितरण गरेको हो ।

वितरण कार्यक्रममा रूपेशमान सिंह, जयप्रकाश महतो, बैंजुलाल स्वर्णकार, लियाकत अली, निराजन अधिकारी, राहुल तुल्स्यान, अफरोज आलम, जियाउल हक, कलाम मंसूर, ओसन गुप्तालगायतको सहभागिता रहेको थियो ।

कोरोना विरुद्धको लडाइमा सेवा नै धर्म हो भन्ने मूल उद्देश्यलाई आत्मसाथ गर्दै लागेको साहिब दरबार सेवा संस्थाका सदस्य अफरोज आलमले बताए ।

Back to top