वीरगञ्ज, बैशाख ६ - पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ मा दुई समुहबीच झडप भएको छ । नगरपालिकाको विश्रामपुर गाउँमा भएको झडपमा परेर केहि व्यक्ति घाइते समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार २ महिला सहित आधादर्जन व्यक्ति घाइते भएका छन् । घाइतेहरुको अहिले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार चलिरहेको स्थानीयहरुले जनाएका छन् ।
सामान्य विषयलाई लिएर विवाद हुँदा झडप भएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।
'सामान्य विषयलाई लिएर झडप भएको हो,' यात्रा डेलीसँग कुरा गर्दै प्रहरी उपरिक्षक पन्तले भन्नुभयो, 'अहिले सम्पूर्ण जानकारी आएको छैन, आधा दर्जन जति घाइते भएका छन् र केहिलाई हामीले पक्राउ समेत गरेका छौं । अवस्था अहिले सामान्य छ, हामि अनुसन्धान गरिरहेका छौं, भोलि सम्म सबै कुरा प्रष्ट हुन्छ होला ।'
घाइतेहुनेमा सुशिला देवी, सुनिता गुप्ता, राधेश्याम गुप्ता, चन्दन गुप्ता र राजकुमार गुप्ता रहेको अस्पतालको श्रोतले जनाएको छ । घाइतेहरुलाई सामान्य चोटपटक लागेको र अस्पतालमा उपचार चलिरहेको प्रहरी उपरीक्षक पन्तले जानकारी दिनुभयो ।
बिस्तृत जानकारी आउन बाकि ।