वीरगञ्ज, बैशाख ६ - पोखरिया, बैशाख ६ - पर्साको पोखरिया नगरपालिकामा शनिबार पनि राहत वितरण गरिएको छ । कोरोनाभाइरस संक्रमण रोकथाममा लागि लगाईएको लकडाउनका बेला छाक टार्ने समस्यामा परेका गरिब तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
पोखरिया नगरपालिकाद्वारा उपलब्ध गराइएको राहत पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियारलगयातले वितरण गरेका थिए । नगरपालिकाको वडा नं. २, ४ र ८ मा राहत वितरण गरिएको हो ।
वडा नम्बर २ मा १ सय ५० परिवार, वडा नं. ४ मा ३ सय ७ परिवार र वडा नं. ८ मा एक सय ७७ परिवारलाई राहत वितरण गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारले जानकारी दिए ।
राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे।
वडा नं. ४ काे राहत वितरण नगर प्रमुख रौनियार, उप प्रमुख सलमा खातुन, पूर्व सांसद रामेश्वर राैनियार, वडाध्यक्ष लक्ष्मण साह लगायतकाे उपस्थितीमा भएकाे थियाे भने वडा नं. २ र ८ काे राहत वितरण नगर प्रमुख राैनियार र उप प्रमुख खातुन, वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, किशाेरी साह तेलीकाे उपस्थितीमा भएकाे थियाे ।
बाकी रहेकाे वडाहरुमा भाेली (आइतबार) राहत वितरण गरिने नगरपालिका कार्यालयले जनाएकाे छ ।