×

काठमाडौं, बैशाख ६ - उदयपुरको त्रियुगा नगरपालिकास्थित एक मस्जिदमा आश्रय लिएर बसिरहेका १६ जनामध्ये आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ जनामा हिजो नै संक्रमण पुष्टि भएको थियो। आज विराटनगर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१२ जनामा संक्रमण पुष्टि भएपछि हिजो नै मस्जिदमा बस्दै आएका १६ जनालाई नै एम्बुलेन्समा राखेर विटानगरस्थित अस्पताल पुर्‍याइएको थियो।

Back to top