×

वीरगञ्ज, बैशाख ६ – सामाजिक संस्था सानो पाइलाले कोभिड १९ अर्थात कोरोना भाईरस परिक्षणका लागि निर्माण गरेको स्क्रिनिंग बुथ शनिबार वीरगञ्जस्थित नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

कोरोनाको शंका लागेका बिरामीहरुको स्वाब संकलनमा बुथले टेवा पुर्‍याउने जनाइएको छ । स्वाब संकलनका लागि खटिने चिकित्सकको सुरक्षालाई ध्यानमा राखि बुथको निर्माण भएको छ । आवश्यक्ता अनुसार बुथलाई सार्न मिल्ने गरि बनाइएको छ ।

कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी थुक्न थालेपछि उपचारमा हुने समस्या बुथ निर्माण पछि अब समाधान हुनेछ । स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहनेछन् ।

यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ । बुथमा एक्जष्ट फैन, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था गरिएको छ ।

उधोगी तथा नेपाली कांग्रेसका नेता अनिल रुंगटाको विशेष सहयोगमा बुथको निर्माण कार्य भएको छ सानो पाईलाका सञ्चालन प्रमुख जय शाहले बताए ।

Back to top