पोखरिया, बैशाख ५ - पोखरिया नगरपालीका वडा नम्बरहरु १, ७ ,९ र १० मा आज राहत बितरण गरिएको छ । वडा नम्बर १ मा १ सय ९१ घरघुरी मा वडा नम्बर ७ मा १ सय ३३ घरधुरी वडा वडा नम्बर ९ मा १ सय ३० घरधुरी र वडा नम्बर १० मा ८४ घरदुरीलाई राहत बितरण गरिएको हो ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे थियो ।
राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, प्याज २ किलो ,सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरियो।
वितरण कार्यक्रममा पोखरिया नगरपालीकाका नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण प्रसाद रौनियार, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, वडा नम्बर १ का वडाध्यक्ष बन्का कुर्मी वडा नम्बर ७ का वडा अध्यक्ष नन्दलाल पटेल वडा नम्बर ९ का वडा अध्यक्ष रामबाबु प्रसाद चौहान र वडा नम्बर १० को वडाध्यक्ष सोनालाल साह नेपाल रेडक्रस शाखा कार्यालयका सभापति भगवान प्रसाद कुर्मी ईलाका प्रहरी कार्यालयका प्रनि चन्द्र कुमार सिंह, सस्त्र प्रहरी बेश क्याम्प पोखरियाका प्रनि हरि बिशठ, सामाजिक शाखा बिनोद पानडय, वडा सदस्य, वडा सचीव, समाजसेविलगायतको उपस्थिती रहेको थियो ।