×

वीरगन्ज ५ बैशाख । सुनिल प्रसाद कुशवाहा र बिकास गुप्ता युवाको पहलमा राष्ट्रिय अविष्कार केन्द्र किर्तिपुरबाट उपलब्ध गराईएको पि.पि.ई.सेट वितरण गरिएको छ ।

सुनिल प्रसाद कुशवाहा र बिकास गुप्ताको पहलमा राष्ट्रिय अविष्कार केन्द्र किर्तिपुरबाट उपलब्ध गराईएको ६४ थान पि.पि.ई .सेट वितरण गरिएको हो ।

महागढिमाई फाउन्डेसन नेपालका पदाधिकारी र युवाद्वारा यस्तो भीषण परिस्थितिमा आफ्नो ज्यान जोखिममा हालेर बारा, पर्सा र रौतहटमा ६४ थान पि.पि.ई .सेट वितरण छन ।

बिरगन्ज नारायणी अस्पताल ९ थान, कलैया अस्पताल ९ थान ,गौर अस्पताल १० थान, पोखरीया अस्पताल ९ थान, महागढीमाई ५ थान, सिम्रौनगढ ५ थान, फेटा गा.पा बारा ५ थान, बिश्रामपुर गा.पा.बारा ५ थान, करैयामाई गा.पा. ५ थान र जिल्ला प्रशासन कार्यालय बारा २ थान यस फाउन्डेसनका संस्थापक सदस्यहरु प्रेम प्रसाद यादव, सन्तोष कु. कुशवाहा कृष्ण गुप्ता, रबि राज कुशवाहा, जियालाल कुशवाहा, जयराम कुशवाहा, जनक कुशवाहा, राजिशवर कुशवाहा लगायतहरुले बितरण गरेका थिए ।

Back to top