वीरगञ्ज, बैशाख ५ - वीरगञ्जमा शनिबारदेखी अत्यावश्यक वस्तुका पसल खोल्न नयाँ तालिका सरजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार साँझ सूचना जारी गर्दै औषधि ,खाद्यान्न, किराना, तरकारी दुध, ग्यासलगायतका पसलहरु खोल्न पाइने नयाँ तालिका सार्वजनिक गरेको हो ।
यसका लागि प्रशासनले बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म अतिआवश्यक खाद्यान्न बस्तुको पसल खोल्ने पाइने नयाँ तालिका जारि गरेको छ भने औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ ।
गत आइतबार वीरगञ्जमा ३ जना कोरोना संक्रमित फेला परेपछि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला भरिकै औषधी पसलबाहेक अन्य पसलहरु स्थानीय प्रशासनले पूर्ण रुपमा बन्द गराएको थियो । प्रशासनले बिहिबार देखि बिहान अबेरै देखि ७ बजे सम्म मात्र पसल खोल्ने नियम लगाएको थियो तर कम समयको लागि पसल खोल्दा धेरै भिड लाग्ने भएपछी जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवालाहरुसँग बैठक गर्दै नयाँ तालिका जारि गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने जनाइएको छ । अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ ।
सामान खरिद गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । तथा तरकारी बजार र खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न पाइने छैन र कोही कसैलै होम डेलिभरी गर्न चाहेमा भने त्यसलाई प्रोत्साहित गरिने समेत जनाइएको छ ।