वीरगञ्ज, बैशाख ४ - सानो पाईला सामाजिक संस्थाले शुक्रबार वीरगञ्जस्थित कोरोनाको विशेष हस्पिटल नारायणी क्षेत्रीय अस्पताल र पोखरियास्थित पोखरिया जिल्ला अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगयातका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले आज नारायणी अस्पताललाई ५० थान र पोखरिया अस्पताललाई १७ थान पीपीइ सेट सहयोग गरेको हो । भृकुटी देवी ट्रस्टले उपलब्ध गराएको पीपीइसहित अन्य स्वास्थ्य सामग्री दुवै अस्पताललाई सानो पाईलाले सहयोग गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अध्यक्ष कञ्चन झाले दुवै अस्पताललाई सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरित स्वास्थ्य सामग्रीमा मास्क, पञ्जा, चिकित्सकले लगाउने चस्मा, जुत्ता माथि लगाउने खोललगयात सामग्री रहेको संस्थाले जनाएको छ ।
कोरोना संक्रमण रोक्न लगाईको लकडाउनले मार्कामा परेका दैनिक ज्यालादारी गरे आफ्नो जिविको पार्जन गर्ने मजदुर र गरिव तथा विपन्नलाई समेत सानो पाइलाले विगत केहि दिन देखि खाना खुवाउदै आएको छ । संस्थाले आफ्नो वीरगञ्ज र जनकपुर कार्यालयबाट मेस सञ्चालन गरि खान खुवाउने गरेको छ ।