×

वीरगञ्ज, बैशाख ४ – पर्साको पकाहा मैनपुर गाउँपालिकाले प्रभावकारी ढंगले राहत वितरण गर्दा स्थानीय खुसि भएका छन । कोरोनभाइरसको संक्रमणबाट जनतालाई जोगाउन लगाईएको लकडाउनले आर्थिक अवस्था नियुन भएका गरिव र विपन्नलाई हात-मुख जोड्न समस्या परेपछि गाउँपालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले राहत वितरणको नेतृत्व आफै लिएर विभिन्न वडाका अध्यक्ष मार्फत वितरण गर्नलगाए पछि वितरण कार्य प्रभावकारी भएको स्थानीयहरुले बताएका छन् ।

अध्यक्ष चौरसियाले गाउँपालिकामा कोहि भोकै नरहोस् भन्ने अठोट लिएर राहत वितरण सुरु गरेका थिए । राहत वितरणका लागि उनले गाउँपालिकाको विशेष सभाबाट ८० लाख रुपैया बजेट समेत विनियोजन गर्न लगाएका थिए ।

प्रारम्भिक राहत वितरणका लागि ४० लाख बराबरको सामग्री खरिद गरीए पनि केहिलाई स्थानीयलाई राहत अपुग भएपछि अध्यक्ष चौरसिया निर्देशनमा पुन: ९ लाख बराबरको राहत सामग्री खरिद गर्न गाउँपालिकाले एक पत्र जारि गर्दै जानकारी गराएको छ ।

बिहिबार गाउँपालिकामा बसेको गाउँ कार्यपालिकाको बैठकले थप ९ लाख रुपैयाको राहत सामग्री खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिका कर्यालयले बाकि रहेका व्यक्तिहरुको विवरण संकलन गरि राहती वितरण गरिने पत्र मार्फत जानकारी गराएको छ ।

त्यसैगरि गाउँपालिकाको बैठकमा उपाध्यक्ष कुस्मी देवीले केहि दिन अगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश प्रसाद सिंहमाथि हातपात गरेको भनेर दिएको अभिव्यक्ति निराधार भएको प्रमाणित भएपछी उनलाई गल्ति सच्याउन आग्रह समेत गरिएको थियो ।

Back to top