वीरगञ्ज, बैशाख ४ – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अर्थात कोभिड १९ को कारण बिश्व नै त्रसित भएको बेला नेपालमा पनि संक्रमितको संख्या बढे पछि सरकारले लकडाउनको अवधि बढाएको छ ।
लकडाउनले हामि सुरक्षित भएपनि गरिब र विपन्न वर्गका व्यक्तिलाई भने आफ्नो छाक तार्न समस्या परेको छ । राज्यले सहयोगको वाचा गरेपनि सबैलाई राहत नपाउँदा भोक-भोकै सुत्ने कयौं बाध्य भएका छन् ।
यसैक्रम रष्थ्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष तथा स्थानीय युवा नेता ओमप्रकाश सर्राफले त्यस्ता गरिव र दिन दुखिलाई राहत वितरण गरेका छन् ।
नेता सर्राफ नगरका विभिन्न स्थानमा जादै घर-घरमा पुगेर स्थानीयहरुसँग समन्वय गर्दै राहत वितरण गर्दै छन् । कसैलाई भोकै नरहन दिने अठोटका साथ् नेता सर्राफ राहत वितरण कार्यमा लागेका हुन् ।
सरकारले दिएको राहतमा स्थानिय निकाय देखि माथिलो निकायले अनियमित्ता गर्नथाले पछि आफुले राहत वितरण सुरु गरेको सर्राफको भनाई छ ।
सर्राफले हाल सम्म पाँच हजार भन्दा बढि परिवारलाई साबुन, मास्कलगयातका सामग्री वितरण गरिसकेआ छन् भने अहिले राहत वितरण कार्यलाई तिब्रता दिएको बताएका छन् ।
उनले बिहिबार नगरका विभिन्न स्थानमा पुगेर ५० भन्दा बढि घरपरिवालाई चमल, दाल, नुन, तेल, सबुन,आलुलगायतका सामग्री एकसप्ताह पुगनेगरी वितरण गरेका छन् । भोर समाजिक संस्थाद्धारा उपलब्ध गराइएको राहत सामग्री सर्राफले वितरण गरेका हुन् ।
सर्राफले भने केहि राहत सामग्री आफ्नो व्यक्तिगत स्तरबाट पनि वितरण गरेको जानकारी दिए ।