×

वीरगञ्ज, बैशाख ४ - वीरगञ्ज महानगरपालिका नगर प्रमुख (मेयर) विजयकुमार सरावगी राहत लिएर आफै पिडितको घरदैलोमा पुगेका छन् ।

वीरगञ्जमा तीन भारतीय कोरोनबाट संक्रमित भएपछी छपकैया-२ क्षेत्रलाई पूर्णरुपले सिल गरिएको छ । छपकैया सिल भएपछी थुनिएका स्थानिय खाद्यान्नलगयात अन्य आवश्यक सामग्रीको आभावमा बाँचीरहेका छन् ।

सिलमा परेका नागरिकहरुका लागि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी बिहिबार आफै खाद्यान्न लिएर पुगेका छन् । छपकैया बासि खाद्यान्न नपाएको गुनासो आएपछि आफ्नो ज्यान जोखिममा राख्दै मेयर सरावगीले तदारुकता देखाका हुन् ।

आफै ट्रकमा खाद्यान्न लिएर पुगेका मेयर सरावगीले वडा अध्यक्षलाई सामग्री हस्तान्तरण गरेका थिए । मेयर सरावगीले छपकैयामा

विपन्न, गरिव र दैनिक ज्यालादारी गर्नेलाई राहत वितरण गरिएको जानकारी गराए ।

उनले लगभग १५ सय परिवारलाई राहत वितरण गरिएको बताए । “अहिलेलाई १५ सय परिवारलाई पुग्ने गरी खाद्यान्न सामाग्री दिएका छौं” उनले भने “आवश्यक परे अझै उपलब्ध गराउनेछौं । सबै व्यवस्था महानगरले गर्छ, भोकभाकै कोही बस्नु पर्दैन” ।

महानगरले राहत बाँड्नका जिम्मा वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष वकिय मियाँ अन्सारीलाई दिएको छ ।

Back to top