×

बीरगन्ज, ३ बैशाख । बीरगन्ज महानगरपालिकाले विपन्न वर्गलाई राहत बाँड्नका लागि भन्दै चालु आर्थिक वर्षको विकास बजेट रोकेको छ । लकडाउनका कारण उत्पन्न समस्यका कारण असंगठित क्षेत्रमा कार्यरत मजदुर तथा असहायहरुलाई राहत बाँडन सम्पूर्ण वडाको बजेट रोक्का गरिएको महानगरपालिका मेयर विजयकुमार सरावगीले जनाएका छन ।

गत चैत २२ गते बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको महानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत अरुण कुमार महतोले जानकारी दिए । बुधबार जारी गरिएको सूचनामा निर्णय अनुसार चालु आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता भई दायित्व श्रृजना भएका बाहेकका सम्पूर्ण योजना तथा कार्यक्रम रोक्का भएको छ ।

त्यस्तै, महागनरले सम्पूर्ण वडालाई राहत सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राहत पाउनका लागि व्यक्तिले पेश गरेको निवेदन, हालसम्म राहत भरपाई भएको विवरण, राहत सामाग्रीको भुक्तानीका लागि वडा समितिको निर्णयको प्रतिलिपि लगायतका विवरण तीन भित्र पेश गर्न सम्पूर्ण वडा अध्यक्षहरुलाई महानगरले निर्देशन दिएको छ ।

Back to top