×

वीरगञ्ज, बैशाख २ – मुस्लिम आयोगले देशमा रहेका मदर्साहरुलाई क्वारेन्टिनका रुपमा उपयोग गर्न प्रस्तव गरेको छ । अयोगका अध्यक्ष समिम अन्सारीले सोमवार एक बिज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गर्नु भएको हो ।

मुलुकमा कोरोना भाइरसको संक्रमण बढदो क्रममा रहेको अवस्थामा क्वारेन्टिनको थप आवश्यकता रहेकोले क्वारेन्टिनको निर्माणमा मुस्लिम आयोगले सहयोग गर्ने उहाँले बताउनु भएका छ ।

देशभरि मुस्लिम समुदायका युवाहरु अध्ययन गर्ने छात्रावासहरु रहेका छन । त्यसैगरि देशभरि रहेका त्यस्ता मदर्साहरु मा भान्सा घर, शोचालय बिजुलीलगायतका सबै सेवा सुविधाहरु रहेको छ ।

ति मदरसाहरुमा पर्याप्त चौर खुला ठाउ समेत रहेकोले त्यस्तो स्थानमा क्वारेन्टिनका रुपमा ब्यवस्थापन गर्न निकै सहज हुन सक्छ । सरकारले चाहेमा मुस्लिम अयोग मदरसाहरुलाई क्वारेन्टिन बनाउनकालागि उपलब्ध गराउन पहल गर्ने आयोगले प्रतिवद्धता जनाएको छ ।

राष्ट्रमा संकट परेको बेलामा क्वारेन्टिन प्रयोजनकालागि मदरसा दिन चाहनेहरुले ब्यवसथापन समितिहरुलाई आयोगमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

Back to top