×

वीरगञ्ज, बैशाख २ - वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले मंगलबार एउटा सूचना प्रकाशन गरि वीरगञ्जमा कोरोनाभाइरस उपचारका लागि एउटा विशेष अस्पताल सञ्चालन गर्न निजि क्षेत्रका अस्पताललाई प्रस्ताव पेश गर्न माग गरको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल बाहेक नगरमा अन्य कुनै पनि कोभिड-१९ को संक्रमणको उपचारका लागि अस्पताल नभएकोले वीरगञ्ज महानगरपालिका कार्यालयले सूचना जारि गर्दै निजि अस्पताललाई कोरोनाको विशेष अस्पताल सञ्चालन गर्न प्रस्ताव पेश गर्न माग गरेको हो ।

महानगरपालिका कार्यालयले ३ दिन भित्र उपयुक्त कागज सहित महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।

https://www.facebook.com/photo.php?fbid=3050270338325347&set=a.1245476675471398&type=3&theater

यता नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रह्बर अन्सारीले पनि आवश्यकता परे आफ्नो अस्पताल गण्डक हस्पिटललाई नि:शुल्क सरकारलाई दिन घोषणा गरेका थिए । रह्बरले आइतबार सामाजिक सञ्जालमा वीरगञ्जबासिको नाताले आफुले सञ्चालन गर्ने गण्डक हस्पिटल सरकारलाई नि:शुल्क रुपमा दिने घोषणा गरेका थिए र सो बारे वीरगञ्जका मेयर विजय सरावगीलाई जानकारी समेत गराएको बताएका थिए ।

तर आज वीरगञ्ज महानगरपालिकाले अचानक निजि क्षेत्रको अस्पताललाई प्रस्ताव पेश गर्दा स्थानीय अन्योलमा परेका छन् । स्थानीयहरुले रह्बर अन्सारीले आफ्नो अस्पताल महानगरपालिकालाई उपलब्ध गराउँदा गराउंदै महानगरपालिका कार्यालयले निकाले सूचनाले आफुहरु अन्योलमा परेको बताएका छन् ।

https://www.facebook.com/rahbaransari.nepal/posts/871268246618642

अब वीरगञ्जका स्थानीयहरुले रह्बर अन्सारीसँग प्रश्न गरेका छन्, 'के रह्बर अन्सारीले घोषणा गरे झैँ आफ्नो अस्पताल गण्डक हस्पिटललाई महानगरपालिका कार्यालयलाई नि:शुल्क उपलब्ध गराउने छन्? कि वीरगञ्जको एक अन्य अस्पतालका सञ्चालक झैँ भ्रमित मात्र पार्ने छन्? वीरगञ्जबासिमा यो चाँसोको विषय बनेको छ ।

Back to top