वीरगन्ज १ बैशाख । रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबार दुई जनामा संक्रमण पुष्टि भएको बताएका हुन्।
कैलालीकी ६५ वर्षीय महिला र रौतहटका १९ वर्षीया युवामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।