×

वीरगञ्ज, चैत्र २९ - विश्वनै लकडाउनको सन्त्रासबाट गुज्रीरहेको बेला विभिन्न मुलुकबाट कामदारका रुपमा नेपाल रहदै आएका व्यक्तिहरुलाई हाल वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पासमा राखिएको छ ।

क्याम्पसमा होल्डमा रहेका व्यक्तिहरुलाई विभिन्न स्थानिय संघ संस्थाहरुले निरन्तर सहयोग गर्दै खाद्यान्न देखि अन्य सामग्री सहयोग गर्दै आएका छन् । यसैक्रममा राउण्ड टेबल नेपालले आज होल्डमा रहेका व्यक्तिहरुलाई खाद्यान्न र अन्य महत्वपूर्ण सामग्री सहयोग गरेको छ ।

राउण्ड टेबल नेपालका धिरज अग्रवालको नेतृत्वमा गएको टोलिले शनिबार होल्डमा रहेका व्यक्ति र त्यहाँ उपस्थित शुरक्षाकर्मीहरुलाई बिहाना, दिउँसो र रातिको खाना, सेनिटाईजर १ सय ५० थान, मास्क २ सय २५ थान, र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुका लागि पाँच सेट पीपीइ समेत सहयोग गरेका हुन् ।

राउण्ड टेबलले उक्त सामग्री ग्रिन सिटि मार्फत सहयोग गरेको ग्रिन सीट समुदाय आदर्शनगरका प्रकाश खेतानले बताए ।

Back to top