वीरगन्ज २९ चैत । नेपाल प्रहरीको बढुवा समितिले नेपाल प्रहरीका १० जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार राती १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा घनश्याम अर्याल परेका छन् ।
त्यसपछि क्रमशः प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसी छन् । डीआईजीको संख्यामा प्रधानमन्त्री र गृहमन्त्रीबीच एक मत नहुँदा केही समय बढुवा रोकिएको थियो ।