वीरगञ्ज, चैत्र २८ – आज सातौँ दिनपनि विभिन्न संघ संस्थाहरुको सहयोगमा वीरगञ्ज नगरक्षेत्रका कयौं स्थानमा सेनिटाइजर छरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १ बाट सुरु भएको सेनिटाइजर छर्कने काम आज सातौँ दिन सम्म आईपुग्दा वीरगञ्जको वडा नं. १० आदर्शनगर हुँदै वडा नं. ४ विर्ताको नर्सिङ्ग क्याम्पस, बाल सुधार गृह र वडा नं. ५ स्थित कारागारका सम्पूर्ण कोठाहरु सेनीटाईज गरिएको छ ।
साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्रस्ट नेपाल, समपर्ण सेवा संस्था र टीभी वीरगञ्जको संयुक्त पहलमा वीरगञ्ज नगरमा सेनिटाइजर छर्कने काम अघि बढेको हो ।
साहिब दरबार सेवा सस्थाका नेपाल संयोजक एवं राजपाका पर्सा जिल्ला अध्यक्ष राजेशमान सिंह नेतृत्वको टोलिले घर तथा सडक क्षेत्रमा सेनिटाइजर छर्केको हो ।
बिश्वब्यापी फैलिएको कोरोना भाईरस फैलन नदिन वीरगञ्जमा निःशुल्क सेनिटाइजर छर्कने काम सुरु गरिएको संस्थाका संयोजक राजेशमान सिंहले जानकारी दिनुभयो ।
सेनिटाइजर छर्कन संस्थाका अफरोज आलम, रूपेश मान सिंह, लियाकत अली, राहुल तुलस्यान, जियाउल हक, कलाम मंसूरी लयायत खटिनु भएको पनि संयोजक सिंहले बताउनुभयो ।