×

वीरगञ्ज, चैत्र २७ - सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैल्न नदिनका लागी गरेको लकडाउनमा एक निजि कम्पनी निु:शल्क पानी वितरण गरीरहेको छ ।

पर्साको पर्सागढी नगरपालिका ३ बढनीयारमा रहेको मनपसन्द वेभरेज नेपालले लकडाउनमा खटीएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र संचारकर्मीलाई केन्द्रित गरेर निशुल्क पानी वितरण गरीरहेको हो ।

मनपसन्द वेभरेज नेपालका संचालक अनिता देवी व्याहुत र प्रबन्ध निर्देशक अनिल व्याहुतले संयुक्त रुपमा वीरगञ्जको विभिन्न स्थानमा आफै पुगेर पानी वितरण गरीरहेका छन ।

जुस र पानी उत्पादन गर्दै आएको उक्त कम्पनीले लकडाउन अवधिमा कुनैपनि निजि र सरकारी अस्पतालमा पानीको परीमाण कम हुन नदिनका लागी जुस उत्पादन रोकेर लकडाउनमा पानी उत्पादलाई बढाएर वितरण गरीरहेको जनाएको छ ।

लकडाउन अवधी सुरु भएको दिनदेखी हाल सम्म ५ हजारको संख्यामा पानीको बोतल वितरण गरीसकेको जनाएको छ । नि:शुल्क पानी वितरण कार्य लकडाउन अवधी सम्म जारी राख्ने कम्पनीका प्रबन्ध निर्देशक व्याहुतले बताए ।

लकडाउनमै केहि साता अगाडी भारतबाट आएर मितेरी पुलमा अलपत्र परेकाहरुलाई ७ सय २० बोतल निुशल्क पानी वितरण गरीएको उनले बताए । यस्तै ठाकुर राम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका भारतीयलाई हाल सम्म ७ सय २० बोतल र जिल्ला प्रहरी कार्यालय पर्सामा पनि २ सय ४० बोतल वितरण गरीएको प्र्रबन्ध निर्देशक व्याहुतले बताए ।

Back to top