वीरगञ्ज, चैत्र २७ - विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संक्रमणको बेला प्रदेश २ को सरकारले कोरोना संक्रमण (कोभिन १९्) प्रभावितहरुको लागि जारी गरेको निर्देशिका बमोजिम राहत दिने कार्यमा जुट्न स्थानीय सरकारलाई समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले आग्रह गरेका छन् ।
विश्वभरी नै अक्रान्त बनेको कोरोनाको प्रभावले नेपालमा पनि लामो समयसम्म लक डाउन हुँदा गरिब, मजजदुर, श्रमिक तथा आर्थिक रुपले विपन्न किसानाल्ई प्रदेश २ को सरकारले राहत वितरण गर्न जारी गरेको निर्देशिका बमोजिम प्रत्येक वडा, गाउँटोलमा वास्तविक पिडितलाई राहत दिने कार्यमा स्थानीय सरकारलाई जुट्न अध्यक्ष यादवले आग्रह गरे ।
कोरोनाको महामारीको बेला अहिले देशमा भएको लकडाउनले दिनहु गरिखानेलार्ई जिवन बिताउन कष्टकर भएकोले संघीय र प्रदेश सरकारले दिएको राहतमा प्रदेश २ को सरकारले जारी गरेको निर्देशिका बमोजिम स्थानीय तहका जनप्रतिनीधिहरु प्रत्येक वडामा वडा समिति गठन गरि गरिब तथा विपन्न परिवारलाई राहतमा दिने कार्यमा जुट्न अध्यक्ष यादवको अनुरोध छ ।
उनले भने, ‘‘वर्तमान समयमा कोरोना संक्रमणले गर्दा उत्पन्न भएको मानवीय संकटको घडीमा सरकारले गरेको लक डाउनको पालना गरि प्रत्येक गाउँ टोलमा सबै राजनीतिक दल पार्टीगत राजनितीभन्दा माथि उठि दैनिक मजदुरी गरिखाने, आर्थिक रुपले गरिब तथा विपन्न परिवारलाई सरकारले दिएको राहत वितरण गर्नमा लाग्नुपर्छ ।
उनले कोरोनाबाट सचेत र सतर्क रहन अतिआवश्यक प्रयोज बाहेक घरबाहिर ननिस्कन, अनावश्यक भिडभाड नगर्न, मास्क लगाएर मात्रै हिँड्न, हात नमिलाउन, साबुन पानी र सेनिटाइजरले हात सफा राख्नु अहिले सबैको लागि आवश्यक रहेको समेत बताए ।
विश्वको विभिन्न देशबाट घर फर्किने बेलामा नेपालीहरु सिमामै अलपत्र परेको अवस्था रहेकोले उचित व्यवस्थापन गर्न समेत उनले सरकारको ध्यानाक्र्षण गराएका हुन ।