वीरगन्ज २७ चैत । वीरगन्जका एक युवाले आफ्नो जन्मदिनमा लकडाउनले समस्यामा परेकालाई खाद्यान्न सामग्री बाँडेका छन् । वीरगन्ज महानगरपालिका १० घडीअर्वाका २८ वर्षीय अजयकुमार गुप्ताले जन्मदिनको उपलक्ष्यमा आफ्नो टोलकै ३० परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री बाँडेका हुन् ।
गुप्ताले प्रति परिवार चामल ७ केजी , मसुरो दाल १ केजी , नुन १ केजी , च्युरा १ केजी , चाउचाउ २ प्याकेट , खानेतेल आधा लिटर र सोयाबिन १ पाउ बाडेका हुन् । लकडाउनले समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई गुप्ता र उनका बुवा बाबुलाल साह कानुले खाद्यान्न सामग्र बाँडेका हुन् ।
यसका साथै गुप्ताले घरमा बहाल तिरेर बसेकालाई लकडाउन अवधीसम्मको भाडा नलिने पनि घोषणा गरेका छन् । घरका अभिावकको सल्लाहमै घर भाडा नलिने घोषणा गरेको गुप्ताले बताए ।
कोरोनाको महामारीले विश्व नै संकटमा परेका बेला जन्मदिनमा केक काटेर भोज खुवाएर फजुल खर्च गर्नु उचित लागेन , गुप्ताले भने, 'लकडाउनले सस्यामा परेकालाई थोरै भएपनि केही राहत पुगोस् भनेर जन्मदिनमा चामल दाललगायतका सामान बाँडेको हुँ।' लकडाउनका बेला टोलमा बिरामी परेकालाई घरघरमै पुगेर औषधि पनि बाँडिरहेको उनले बताए।