वीरगञ्ज, चैत्र २६ - बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णयको विरोध भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवले प्रहरी प्रधान कार्यालयको निर्णयको विरोध गर्दै त्यसलाई यथासिग्र्ह सच्याउन माग गर्नुभएको छ ।
डा. यादवले आफ्नो आधिकारिक फेसबुक पेजमा निर्णयको विरोध गर्दै कोरोनाभाइरसको महामारीको बेला प्रहरीलाई प्रोत्साहन गर्नुपर्ने स्थानमा तलबकट्टा गरेर मनोबल गिराउने कार्य भएको बताउदै दु:ख व्यक्त गर्नुभएको छ ।
https://www.facebook.com/anjukumaribrj/posts/2674494579325554?__xts__%5B0%5D=68.ARBLL_2Xdf4AxFAhFAsRD6FmumFoedvAGEQxMu2iBT8_tMkPiWBnvbkGovbku2EZWgFzL9EEhs32tDV8pxPidPblkyaBb0-xLSzLmplft_ijoI6XmHiK_lEjLX_4AQaCn3IDbj0wKqXv4AsBMSboPioSTlLEk_tWDk2YfhttOHmslStssTJ1VNnc_R8vZxNRgvEldlgkg8uUu5oOoS6bez3ArgcNiHpI0w4wD14I-tVrsxHRAromti7EUT7VRrGF9HVVPO57KSbl6GXtIaZ79mHs5y1oO2qgX22JpMbMC199EU_nibICzAew7z7aIQ-mwvnmX0f2N99LIN73DkDjsue1&__tn__=-R
'यस कोरोनाभाइरस अर्थात कोभिड-१९ को महामारी बेला अग्रपन्तिमा आएर आफ्नो ज्यानलाई जोखिममा राख्दै रात दिन नभनेर २४ सै घण्टा समाज र जनताको स्वास्थ्य र सुरक्षाकालागि खटिरहेका स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सुरक्षाकर्मी, प्रहरीलगयातलाई उच्च मुल्याङ्कन गर्नुपर्ने स्थानमा सरकारले उनीहरुको तलब कट्टा गर्ने निर्णय लज्जास्पद छ,' डा. यादवले आफ्नो फेसबुक पोस्टमा लेख्नुभएको छ, ' आज पूरा विश्व नै महामामारीले लकडाउनमा आफ्नो घरभित्र शुरक्षित बसेको बेला आफ्नो परिवारको मोहमायालाई त्यागि हामिहरुको स्वास्थ्य र सुरक्षा लागि काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्ने विभिन्न राहत र सुविधाको प्याकेज उपलब्ध गराउनु पर्ने ठाउँमा उनीहरुको तलब कट्टा गरेर सरकारले र शारीरिक पिडा मात्र थपेको छ ।'
उहाँले प्रहरीको लागि विशेष प्याकेजको घोषणा गर्दै उनीहरुको जीवन विमा समेत गर्न माग गर्नुभएको छ । ;प्रहरी प्रधान कार्यालयलाई यथासिग्रह यो निर्णयलाई सच्च्याउँदै प्रहरी र सुरक्षाकर्मीका लागि राहतको विशेष प्याकेज घोषणा गर्नुका साथै ५० लाख बराबरको जीवन विमाको समेत घोषणा गर्न माग गर्दछु । साथै तलब र सुविधा काट्ने परे जनप्रतिनिधिको तलब कट्टा गर्न सल्लहा समेत दिन चाहन्छु ।'