×

वीरगञ्ज, चैत्र २६ - पुरै विश्वमा माहामारीको रुप लिएको कारोना रोगबाट उत्पन्न सबै समस्याहरुको वीरगञ्ज महानगरपालिकाले डटेर समाधान गरिरहेको छ ।

कारोना रोगका कारण लगाइएको लकडाउनले गर्दा दैनिक जिवन व्यतित गर्न कठिन भएका बिपन्न परिवारलाई अर्थिक तथा उपभोग्य सहायता एवम निःशुल्क खाना खुवाउने कार्यक्रमलाई महानगरपालिका जोडतोडका साथ निरन्तर्ता दिएको छ ।

रोगलाई नियन्त्रण गर्न महानगरपालिकाले सरसफmाई,लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकल युत्त पानीद्वारा सेनेटाइजको कार्यलाई पनि तिब्रता दिएको छ । लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसगं समन्वय गरि भइरहेको छ भने बारुणयन्क्र शाखाको विशेष सत्रियतामा सेनेटाइजको कार्यलाई तिब्रता दिइएको छ ।

यसै गरी महानगरपालिकाको वडा नम्बर १९ र २४ को ग्रामिण टोलहरुमा पनि वडा कार्यलयसँग समन्वय गरी बारुणयन्त्रद्धारा सेनेटाइज गरिएको छ । वार्ड न १९ मा रहेको बिन्दवासिनी र वार्ड न २४ मा रहको रामगढवा र बहुअरीमा केमिकल पाउडर युक्त पानीद्वारा सेनिटाईज गरिएको हो ।

कोरोना रोग नियन्त्रणको लागी उपयुक्त रहेको स्टेवल ब्लिचिगं पाउडर पानीमा मिसाएर बारुणयन्त्रद्धारा सेनेटाइज भइरहको छ । महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२ लाख ५० हजार लिटर पानीमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाई महाशाखाले जनाएको छ ।

वीरगञ्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले कारोना रोग नियन्त्रण तथा यसको कारण लगाइएको लकडाउनबाट उत्पन्न सबै समाजिक एवम अर्थिक समास्याहरुको समाधानका लागी महानगरपालिका आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गरिहेको बताउनु भयो ।

उहाँले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागु भएकै दिन देखि त्यसबाट सिर्जित सबै समास्याहरुको समाधान क्रमिक रुपमा गरिदै आएको बताउनु भयो ।

Back to top