×

वीरगञ्ज, चैत्र २७ - विश्वभर नै महामारी बनेको कोरोनाभाइरस अर्थात कोभिड-१९ लाई जित्न नेपाललगयात संसारभरका सरकारहरुले लकडाउन लगाएका छन् ।

कोरोनाभाइरस सङ्क्रमणलाई थप फैलनबाट रोक्न सामाजिक दुरीलाई बनाउन सरकारले लकडाउन लगाएको हो । तर लकडाउनले गर्दा भने दैनिक ज्यालादारी, मजदुरी र गरिब परिवारलाई भने छाक टार्न समस्या परेको छ । सरकारले आफ्नो स्तरबाट त्यस्ता व्यक्तिको भोक मेटाउन प्रयास गर्ने पनि त्यो प्रयाप्त भने हुन् सकेको छैन ।

यस्तो अवस्थामा भने केहि परोपकारी संघ संस्था र परिवारले भने लकडाउन र कोरोनाभाइरसको डर वावजुद त्यस्ता परिवार र व्यक्तिलाई सहयोग गर्ने सुरु गरेका छन् । यसैक्रममा पर्सा जिल्लाको एक परिवारले ४९ परिवारलाई राहत वितरण गरेको छ ।

बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुवारीको कानु परिवारले गाउँमा पुगेर गरिब र असाहयलाई सहयोग गरेका हुन् । वरिष्ठ समाजसेवी स्व. असर्फी प्रसाद कानुका छोरा शर्मा प्रसाद शाह र विक्रम शाहले बिहिबार गाउँका ४९ परिवारलाई राहत वितरण गरि सहयोग गरेका छन् ।

कानु परिवारले हरेक परिवारलाई १० किलो चामल, २ किलो दाल, १ किलो नुन, २ किलो आलुलगयात खाद्यान्न सामग्री सहयोग गरेको छ । आफ्ना पिताको परोपकारी कार्यलाई निरन्तरता दिँदै परिवारले सहयोग गरेको शर्मा प्रसाद शाहले बताए ।

शाहले आगामीदिनमा समेत यस्ता गरिव र असाहय परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Back to top