वीरगञ्ज – विश्वस्तरमा महामारी बनेको कोरोनभाइरस अर्थात कोभिड-१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको सुरक्षा साथ बिरामीलाई राम्रो उपचार दिने भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सांसद यादवले स्वास्थ्य मन्त्री सित माग गरेका छन् ।
बुधबार अबेर राती संघीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पत्र मार्फत सांसद यादवले कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि एवं संक्रमित व्यक्ति को उपचारको लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री साथै उपचारमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान मा राख्दै आवश्यक पीपीई सेट एन ९५ मास्क लगायत अन्य सामग्री उपलब्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि समक्ष माग गर्नु भएको हो ।
कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगञ्जको नरायणी अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब, स्थास्थ्य कर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री अति आवस्यक रहेकोले सांसद यादवले ज्ञापन मार्फत स्वास्थ्य मन्त्रिको ध्यानाकर्षण गराएका छन् ।
कोभिड-१९ लाई जित्न सांसद यादव पहिला देखि नै सक्रिय रहदै आएको र आफ्नै पहलमा नारायणी अस्पतालमा २० सैयाको आइसोलेशन वार्ड निर्माण गराउनु साथ मुख्यमन्त्रीलाइ भेटि प्रदेश सरकार संग तत्काल कोरोना उपचार केन्द्र स्थापना गर्न लागेका डाक्टरहरुको सुरक्षा निमित पीपीई सेट उपलब्ध गराउन साथ अन्य उपकरण जुटाउन लागेका छन् । बुधबार नै सांसद यादव भारतको कवारेण्टाइनमा रहेका नेपालीहरुसँग भेट्न पुगेका थिए र दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर भेंटेका एकमात्र जनप्रतिनिधी हुन ।