×

 

वीरगञ्ज चैत्र १० - प्रदेश २ को एक मात्रै महानगरपालिका वीरगञ्जलाइ पनि लकडाउन गरिएको छ । विश्वस्तरमा बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनगर गर्दै नगरलाई लकडाउन गर्नु परेको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

आइतबार वीरगञ्जक मेयर सरावगीको पहलमा बसेको सरोकारवाला निकायहरुको उपस्तिथीमा बसेको बैठकले नगरलाई लकडाउन गर्न निर्णय गरेको हो । बैठकले सम्पूर्ण नगरवासीलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्किन, ३ देखि ४ जनाको समुहमा जम्मा नहुन, अतिआवश्यक बाहेकको सम्पूर्ण सेवाहरु बन्द गर्नलगयातको निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतबार दिउँसो एक अपिल जारि गर्दै निर्णयहरु सम्पूर्ण नगरवासीहरुलाई कडाइका साथ् पालना गर्न अनुरोध गरेको छ ।

बैठकद्वारा चैत्र १० गते देखि १८ गते सम्म सम्पूर्ण नगरवासीहरु अनिवार्यरुपले आ–आफ्नो घरभित्र बसोबास गर्न, अतिआवश्यक बाहेक घरबाहिर नस्किन, निस्कनु परे घरको एक जना व्यक्ति मात्र निस्किन, ३-४ जनाको समुह बनाई जम्मा नहुन, दमकल, एम्बुलेन्स, अस्पताल, औषधि पसल, दुध पसल, औषधि र दुध बोक्ने गाडी, किराना पसल, तरकारीक तथा फलफुल पसल मात्र संचालन हुन् दिनलगयात निर्णय हरु गरिएको छ ।

मेयर सरावगीले यात्रा डेली संग कुरा गर्दै आफू तथा वरपर सरसफाइ राख्नुका साथै बारम्बार साबुन पानीले वा सेनीटाईजरले हात धुन समेत आग्रह गरे । उनले भ्रम र अफ्वाहाको पछाडी नलागी आधिकार संस्थाले उपलब्ध गराएको सूचनामा मात्र बिस्वास गर्न समेत अनुरोध गरे ।

मेयर सरावगीले केहि आकष्मिक अवस्था परे आफुलाई ९८५५०८३६७८, प्रमुख जिल्ला अधिकारीलाई ९८५५०७७७७७, प्रहरी उपरिक्षकलाई ९८५५०७५५५५ तथा नगर प्रहरी इन्चार्जलाई ९८५५०९०४७४ मा सम्पर्क गर्न अनुरोध गरे । यसअघि जिल्ला प्रहरी कार्यालयले पनि जिल्लावासीको नाममा भोजपुरी भाषामा एक अपिल जारी गरिसके छ ।

Back to top